पत्रकार गिरीलाई लोकदोहोरी पत्रकारिताबाट सम्मानित
पाेखरा | असोज २९, २०७९
पोखरा : राष्ट्रिय लोकदोहोरी पत्रकारीता पुरस्कार कास्कीबाट पत्रकार एकराज गिरी सम्मानित भएका छन् ।
राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीले पत्रकार एकराज गिरी सहित विभिन्न ब्यक्तिलाई सम्मान गरेको हो ।
आठौँ जिल्ला अधिवेशन तथा २१ औ साधारण सभामा पत्रकारीताको क्षेत्रबाट लोकदोहोरी गीत प्रतिष्ठानका गतिविधिलाई पत्रकारीताको माध्यमबाट प्रचार प्रसार गरी पु¥याएको योगदानको कदर गदै नगद, सम्मानपत्र, दोसल्ल्ला र खाँदाले सम्मान गरिएको हो । पत्रकार गिरी विगत १९ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । उनले गोरखापत्र दैनिक, पोखरा हटलाईन दैनिक, पोखरा एफएम, गोरर्खाली रेडियो लगायतकामा काम गरेका थिए भने हाल सफल न्यूज डटकममा कार्यकारी सम्पादकका रुपमा कार्यरत रहेका छन् ।
कार्यक्रमा लोकदोहोरी गायक बद्री पराजुली, अधिबक्ता दुर्गाप्रसाद कोइरालालाई पनि नगद, सम्मानपत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । त्यस्तै प्रतिष्ठान कास्कीले तीन वर्षको मुल्याकन गदै उत्कृष्ट कार्यसमित सदस्यबाट रचित पौडेल,उत्कृष्ट विभाग प्रमुख सुनिल गायक, प्रोत्साहन पुरस्कारबाट दिवाकर भण्डारी र अनुशासिल सदस्य पुरस्कारबाट नवराज अधिकारीलाई सम्मान गरेको छ । सम्मानित सवैलाई प्रमुख अतिथि प्राज्ञ तथा प्रतिष्ठान पूर्व केन्द्रीय अध्यक्ष एवं कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुली, प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कोषका उपाध्यक्ष पुरुषोत्तम न्यौपाने, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले लोकदोहोरी प्रतिष्ठानलाई अगाडी बढाउने सक्षम नेतृत्व चयन गर्न शुभकामना दिदै सम्मानित सबैलाई बधाई ज्ञापन गर्नुभयो । ,उहाँले लोकदोहोरी कलाकारहरु कामले सक्षम हुनुपर्छमा जोड दिदै भन्नुभयो,‘राम्रो गर्ने जहापनि विक्छ । त्यसैले काम गरौ ।’ उहाँले अग्रलाई सम्मान गर्ने परिपाटी विस्तारै हराउदै गएका गुनासो गदै त्यसलाई कार्यम राख्दै संस्थाको हितमा अग्रको आग्रहलाई स्वीकार गर्न अनुजलाई अनुरोध गर्नुभयो । उहाँले गीत गाउन सक्ने बनाएपनि संंस्थाका सदस्यहरुमा धैर्यता र अनुशासन सिकाउन नसकिएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, पूर्व केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, पूर्व केन्द्रीय सदस्य तारापति सुवेदी, प्रतिष्ठानका सल्लाहकार दुर्गाप्रसाद कोइराला, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष शान्ति गुरुङ, प्रतिष्ठानका पर्वतका अध्यक्ष दिपक गदाल, सम्मानित ब्यक्तित्व बद्री पराजुली, केन्द्रीय सदस्य शंकर बिरहि गुरुङ लगायतले बोल्नुभएको थियो । अधिवेशनको उद्घाट कार्यक्रम लोकदोहोरी गीत प्रतिष्ठान कास्की अध्यक्ष टेक क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

